नियम १०
लेखा र लेखापरीक्षण
(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत कोषको आय व्ययको लेखा, तत्सम्बन्धी कागजातहरू र अन्य नगदी, जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।